प्रधानमन्त्री ओलीलार्इ भारतले दोस्रो पटक दियो "गार्ड अफ अनर" सम्मान

छहारी संवाददाता
चैत्र २४, २०७४

तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भारतले यसपटक पर्नि  "गार्ड अफ अनर" सम्मान दिएको छ ।

यो संगै प्रधानमन्त्री ओली भारतमा छोटो अवधिमै दुर्इ पटक (गार्ड अफ अनर) सम्मान पाउने पहिलो नेपाली प्रधानमन्त्री बनेका छन् ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट उनलाई सो सम्मान दिइएको हो ।

सम्मानका क्रममा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । उक्त अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएको थियो । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी पनि थिइन् ।

समारोहस्थलमा दुवै देशका विशिष्ट व्यक्तिको समेत सहभागिता थियो । नेपालबाट भ्रमण दलमा सहभागी भएकाहरूसँग भारतीय प्रधानमन्त्री मोदीले चिनजानसमेत गरेका थिए ।

 

दुई देशबीचको मित्रवत सम्बन्ध जनचाहना अनुरुप अघि बढ्छः प्रधानमन्त्री ओली 
भारतले दिएको सम्मान गारत (गार्ड अफ् अनर) सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको मित्रवत सम्बन्ध जनचाहना अनुसार अगाडि बढ्ने बताए ।

यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्‍याउन आफू भारत भ्रमणमा आएको बताए ।

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*