सात वर्षपछि नेपालमा उत्पादित सिटामोल पुनः बजारमा

छहारी संवाददाता
चैत्र २३, २०७४

नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल आजबाट बजारमा आएको छ ।

गत फागुन ९ गतेबाट विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा सिटामोल उत्पादन सुरु गरेको लिमिटेडले १० लाख सिटामोल आजबाट बजारमा ल्याउन लागेको हो ।

सिटामोलको खुद्रामूल्य प्रति ट्यावलेट १ रुपैयाँ तोकिएको छ ।

सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन गरेपछि औषधी लिमिटेडले पुनर्जीवन पाएको हो ।

पहिलो चरणमा उद्योगको ब्राण्डको रूपमा चिनिएको सिटामोल उत्पादन गरेको लिमिटेडले आगामी दिनहरुमा आइरन चक्की, जुकाको औषधीलागायत २० प्रकारका चक्की औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ ।

नेपालमा आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*