अन्ततः बैशाख ९ गते लेनिन जयन्तीको दिन नेकपा एमाले र माओवादी केन्द्र एक हुने पक्का

छहारी संवाददाता
चैत्र २२, २०७४

अन्ततः लेनिन जयन्ती ९बैशाख ९ ० पारेर नेकपा एमाले र माओवादी केन्द्र एक हुने भए । बैशाख ९ गते नेपालमा कम्युनिष्ट पार्टी गठन भएको दिन पनि हो ।

यसैदिन दुर्इ कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरी एकीकृत कम्युनिष्ट पार्टी बनाउने पक्का गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको एकता संयोजन समितिको बैठकले एकताको मिति तय गरेको हो ।

दुर्इ कम्यनिष्ट पार्टी एक भएपछि मुलुकको झण्दै दुर्इतिहाइ जनताको नेतृत्व गर्ने पार्टी बन्नेछ । यो एेतिहासिक जिम्मेवारी पूरा गरे भने ओली र पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट पार्टीको इतिहासमा स्मरणीय नाम त बन्ने छन् नै आधुनिक नेपालको निर्माणमा कोशेढुंगा कोर्ने नेतामा समेत दर्ज हुनेछन् ।

नेपालको सशस्त्र संघर्ष शान्तिपूर्ण अवतरण, वृहत् शान्तिसम्झौता र एउटै कम्युनिष्ट केन्द्र निर्माणका परिघटना विश्व कम्युनिष्ट आन्दोलन तथा अन्य राजनीतिक आन्दोलनका निम्ति पनि अध्ययनको विषय र अनुकरणको विषय बन्ने विश्लेषकहरूको दावी छ ।

पार्टी एकताका लागि गठन गरिएका दुबै कार्यदलको सुझाव अनुसार लेनिन जयन्तीका दिन पार्टी एकता गर्ने निर्णय एकता संयोजन समितिको बैठकले गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*