महिला तथा बालिका हत्या र बलात्कारका घटना बढ्दो, महोत्तरीमा एक महिलाको हत्या

छहारी संवाददाता
चैत्र २१, २०७४

महिला तथा बालिकाहरु माथि हत्या र बलात्कारका घटनाहरु दिन प्रति दिन देशब्यापी रुपमा बढ्दै गईरहेको छ ।
महिलामाथि हुने हिंसाका घटना न्युनिकरण गर्न विभिन्न सचेतना मुलक अभियान चलाइन्छ तर पनि हिंसाका घटनामा कुनै कमी आएको छैन ।
पछिल्लो सममय झन् हत्या र बलात्कारका घटना बढिरेहको छ ।
हिजो फेरी यस्तै अर्को घटना भयो महोत्तरीमा । महोत्तरी प्रहरीले तीनमहिने विशेष अभियान सञ्चालन गरेको १२ घण्टा नबित्दै एक महिलाको हत्या भयो ।
जनकपुर मटिहानी सडकखण्डको मटिहानी नगरपालिका ४ मा गएराती राती सडकपेटीमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।  
हत्या गरी जुटको बोरामा राखेर फालिएको शव मटिहानी नगरपालिका २ बस्ने ३० वर्षकी पुनमदेवी दासको रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरुको नाम भने खुलाईएको छैन । परिवारले मंगलबार अपरान्ह  ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा जानकारी गराएका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*