कैलालीकी राधालाई बोक्सी भन्दै कुटपिट गर्ने ६ जना कारागार चलान

कैलालीमा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने ६ जनालाई जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कारागर चलान हुनेमा भोलेबाबा भनिने रामबहादुर चौधरी, किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा फागुन २४ गते निर्घात कुटपिट भएको थियो ।
पीडित राधा भने सेती अञ्चल अस्पतालमा उपचार पछि केही दिनअघि घर फर्किसकेकी छन् ।






