प्रधानमन्त्री ओलीको भारत भ्रमण स्वीकृत, भ्रमणमा यी मन्त्री पनि सहभागी हुने..

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नेपाल सरकारको तर्फबाट थप तीन मन्त्री समेत सहभागी हुने निर्णय भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भारत भ्रमणलार्इ स्वीकृत गरेको हो ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली सहितको टोली चैत २३ गते भारतको तीन दिने राजकीय भ्रमणमा जाँदैछन् ।
त्यस्तै बैठकले चिकित्सा शिक्षा विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी प्रतिस्थापन गर्न बनेका विधेयकसमेत संसदमा पेश गर्ने निर्णय गरेको छ ।
बैठकमा अर्थ मन्त्रालयको भुक्तानी तथा फर्छ्योट विधेयक सम्बन्धी प्रस्ताव पेश भएको छ । बैठकले सो सम्बन्धी सैद्धान्तिक अवधारणलाइ स्विकृत समेत गरेको छ ।
त्यस्तै महान्याधिबक्ताको नेतृत्वमा रहेको विधेयक सहजीकरण समितिमा कमलसाली घिमिरेलाई नियुक्त गरिएको छ ।
बैठकले एसियाली विकास बैंक एडीबीको १ अर्बको अनुदान रकम स्वीकृत गरेको छ ।
जिल्ला शिक्षा समन्वय एकाइ गठन नहुँदा सम्म अन्तरिम व्यवस्था गरी असार मसन्तसम्म जिल्ल शिक्षा कार्यालय रहने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल विकास सम्बन्धी आदेश समिति गठन गर्ने समेत निर्णय गरेको छ ।






