पेट्रोलियम पदार्थको मूल्य बृद्धि, अब पेट्रोल प्रतिलिटर १ सय ५ र डिजेल प्रतिलिटर ८५ रुपैयाँ पर्ने

छहारी संवाददाता
चैत्र २०, २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको हो ।
बृद्धि भएको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १ सय ५ रुपैयाँ र डिजेलको प्रतिलिटर ८५ रुपैयाँ तिर्नु पर्नेछ ।

निगमले दुई महिनाअघि मात्र पेट्रोलको मूल्य घटाएर १ सय ३ रुपैयाँ कायम गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*