कृष्ण सारु फोनिज मकवानपुरको अध्यक्षमा निर्वाचित

छहारी संवाददाता
चैत्र १८, २०७४

नेपाल आदिवासी जनजती पत्रकार महासंघ (फोनिज) मकवानपुरको अध्यक्षमा कृष्ण सारुमगर निर्विरोध निर्वाचित भएका छन् ।
हेटौँडामा आज भएको चौथो अधिवेशनले सारुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सचिवमा नवराज वाईवा, सहसचिवमा रुपा गुरुङ, र कोषाध्यक्षमा शुभराज भोम्जनलाई चयन भएका छन् ।
महासंघको जिल्ला सदस्यहरुमा चन्द्र घलान, सन्देश थिङ, मिना श्रेष्ठ, भुवन घलान, मञ्जरी बलामी र जनक तामाङ चयन भएका छन् ।

यस्तै केन्द्रीय पार्षदमा सुरेश श्रेष्ठ दुदुमाया स्याङान तथा प्रदेश पार्षदमा सुरजकुमार भुजेल तथा रञ्जिता डंगोल चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*