मकवानपुरको बकैयामा ससुराको हत्या गर्ने बुहारी र हत्यामा संलग्न नातिनी पक्राउ

छहारी संवाददाता
चैत्र १५, २०७४

मकवानपुरको बकैया गाउँपालिका ७ हर्दाका एक वृद्धलाई आफ्नै बुहारी र नातिनीले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
चैत्र १२ गते बकैया ७ हर्दा घर भएका ५६ वर्षिय सुर्य बहादुर स्याङतानलाई बुहारी ५६ ववर्षकी ठुलीमाया स्याङ्तान र नातिनी १४ ववर्षकी मनिताले राती घरायसी विवादका कारण धारिलो हतियार प्रयोग गरि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाको विवरण संकलन गरेको थियो । टोलीले शव जाँच तथा मुचुल्का तयार पार्दा बुहारी र नातिनीले चक्कु प्रहार गरी हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ ।
चैत १२ गते नै उनीहरुलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी ठुलीमाया स्याङतानका श्रीमान बिगत ३ वर्ष देखि बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*