कुनै ब्यवसायीले गरेर खान पाईन भन्ने गुनासो रहनेछैनः महेन्द्र राउत
-1514383233.jpg)
मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवार महेन्द्र राउतले आफुले काम गर्ने मौका पाए कुनैपनि ब्यवसायीले गरेर खान पाईन भन्ने गुनासो गर्ने ठाउँ रहन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
बुधबार र हेटौंडाको ८ र ९ नम्बर वडामा घरदैलो कार्यक्रम गर्दै उहाँले व्यवसायीले ढुक्कले काम गरेर खान सक्ने बातावरण बनाउँने बताउनुभयो ।
आफ्ना एजेण्डाहरुबारे मतदातालाई बताउँदै घरदैलोमै पुगेर मत माग्न ब्यस्त रहनुभएका राउतसंग मतदाताहरुले २५ मिटर सडक विस्तार, व्यवसायीक हित र औद्योगिक बातावरण निर्माण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
त्यस क्रममा महासंघको बिभिन्न तहमा बसेर काम गरिसकेकाले ब्यवसायीहरुको समस्याबारे आफु जानकार रहेको बताउँदै राउतले थोरै पुँजि लगानी गरेर ब्यवसाय गरिरहेकाको प्रवद्र्धन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी झुठा सपना बाँढ्दैनो, तर बोलेका सबै कुरा पुरा गरेर छाड्छौं’ ।
घरदैलो कार्यक्रममा राउतसँगै बाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार कृष्ण कुमार गुप्ता अग्रवाल, एशोसियट उपाध्यक्ष उज्वल चौँलागाई, उद्योग तर्फका उपाध्यक्षका उम्मेदवार रबिन्द्र प्रसाद घिमिरे लगायत सदस्यका उम्मेदवारहरुको सहभागिता रहेको थियो । घरदैलो संगै अध्यक्षका उम्मेदवार राउतले बिभिन्न बस्तुगत समुहहरुसँग पनि भेटघाट गर्नुभएको थियो ।