मकवानपुरको राक्सीराङमा मातृभाषाको प्रयोग, स्तर तथा सम्भाव्यता अध्ययन

छहारी संवाददाता
पुस १०, २०७४

भाषा आयोगको टोलीले मकवानपुरको राक्सीराङ पुगेर त्यहाँ स्थानिय स्तरको मातृभाषाको प्रयोग, मातृभाषाको स्तर तथा सम्भाव्यता अध्ययन गरेको छ ।  
भाषा आयोग काठमाडौको आयोजनामा शिक्षामा मातृभाषा सम्बन्धि एकीकृत अध्ययन कार्यक्रम अन्तर्गत मकवानपुरको राक्सीराङ पुगेर दुईदिनसम्म अध्ययन अनुसन्धान गरेको हो ।
त्यसक्रममा मातृभाषाको प्रयोग सम्भाव्यता तथा मातृभाषाको स्तर पहिचानको लागी अनुसन्धान सर्वेक्षक अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो ।
जिल्ला शिक्षा कार्यालय मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री नारायण भट्टराईको अध्यक्षता तथा भाषा आयोग काठमाडौका सहसचिब रामशरण सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस अङ्ग्रेजी शिक्षा विभागका प्रमुख डा. प्रेम फ्याकको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममा भाषा विभागका काठमाडौं र मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका अधिकृतहरु, जिल्ला शिक्षा कार्यालय मकवानपुरका स्रोत व्यक्तिहरु एवम् विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको नगरस्तरिय शैक्षिक समन्वय समिति मकवापनुरका अध्यक्ष गणेश प्रसाद हुमागाईले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*