कोक्यापको ७ औं केन्द्रीय अबिधेशन हेटौडामा
शान्तिका लागि साझा अभियान कोक्यापको १४ औ बार्षिक साधरण सभा तथा सातौ केन्द्रीय अबिधेशन आज देखि हेटौडामा सुरु भएको छ । उधिबेशनको उध्घाटन् गर्दै मकवानपुर प्रतिनिधी सभा क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहालले शान्ति र समृद्धीका लागि यस संस्थाले बिगत देखिनै काम गर्दै आएको र अबका दिनमा पनि महत्वपुर्ण काम गर्ने बताउनुभयो । शान्ति र लोकतनत्रका लागि कसैसंग पनि संझौता नहुने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईले संक्रमण कालमा मानब अधिकार उलंघनका घटना संगै सबैतिर असान्तीका कुरा आएपनि अहिले भने लोकतन्त्र संस्थागत भएसंगै मुलुकमा त्यस्ताखालका समस्या पनि हट्दै गएको बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका बरिष्ठ पत्रकार प्रताप बिष्टले लोकतन्त्र संस्थागत भएसंगै शान्ति र समृद्धीको ढोका खुल्ने बताउनुभयो । अबिधेशनकै क्रममा नेपालमा सामाजिक सुरक्षाको अबस्था बिषयक अन्तरकृया कार्यक्रम समेत भएको छ । सामाजिक सुरक्षाका बिषयका बिज्ञ ज्ञानेन्द्र कुमार श्रेष्टले प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रस्तुतीकरणमा मकवानपुर बहुमुखी क्याम्पसका समाज सास्त्रका प्राध्यापक बिरेन्द्र साह र क्याम्पसका उपप्राध्यापक सुरेश श्रेष्टले प्रस्तुतीकरण माथी सुझाब र टिप्पणी गर्नुभएको थियो ।
शान्तिका लागि साझा अभियान कोक्यापका केन्द्रीय अध्यक्ष हेमबहादुर बिस्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका सचिब बोलबहादुर कार्की, कोक्यापका उपाध्यक्ष जनक गिरी, सचिब दिपेन्द्र ढकाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा देशैभरीका पाँच बिकाश क्षेत्रमा भोलेन्टियर मार्फत पनि राम्रो र उत्कृष्ट काम गर्ने पाँच जनालाई आज सम्मान गरिएको छ । कार्यक्रममा ४१ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।