दोश्रो खेलकुद तथा वृहद व्यापार महोत्सव आजदेखि सुरु
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरले भोली देखि दोश्रो खेलकुद तथा वृहद व्यापार महोत्सव आयोजना गर्ने भएको छ । प्रतिष्ठानले महोत्सव हुने स्थान भुटनदेवी पार्क हेटौडामा आज पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
यद्यपी महोत्सवका विषयमा चौतर्फी विरोध भइरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुरमा न्यौपानेले आर्थिक चलखेल भएको आरोप लगाउनु भएको छ । मकवानपुर उधोग वाणिज्य संघ तथा कपडा व्यवसायीहरुको विरोधका बावजुद प्रशासनले महोत्सव संचालनको स्वीकृति दिनुमा आर्थिक चलखेल रहेको न्यौपानेको आरोप छ ।
यसअघि संचालन गरिएको महोत्सवमा पनि आर्थिक पारदर्शीता नभएको भन्दै स्थानिय युवाहरुले विरोध गरेका थिए ।
बिवादका बिच सुरु हुन लागेको महोत्सवमा ३ सय १४ वटा स्टल रहनेछन् । खेलकुद समग्रीका ३, लत्ता कपडा, १ सय ४०, हस्तकलाका १०, जुत्ताचप्पलका ५०, अचारका २०, भाडाकुडाका ३०, डिलर ६ वटाबालबालिकाको खेलौनाका १५ सूचना प्रविधिका सम्बन्धि १५, ब्ल्याङकेट, होटल २० र घरेलु उद्योग सम्बन्धि ८ वटा स्टल रहने छन् ।
महोत्सवको आकर्षणका रुपमा ४ वटा खेलकुद गतिविधि रुपमा अंचल स्तरीय कराँते, उसु, कबड्डी प्रतियोगिता र बक्सीङ संचालन गरिने आयोजकले जनाएको छ । महोत्सवमा गायक गायिका कोमल ओली, प्रमोद खरेल, ज्योति मगर, राधिका हमाल, शिब परियार, हेमन्त शर्मा लगायत टेलिफिल्म भद्रगोलका कलाकार पनि आउने जनाइएको छ ।
भोली दिउँसो १२ बजे उद्घाटन हुने महोत्सवमा करीब ६० लाखको खर्च हुने र करीब २ लाख जनाले अबलोकन गर्ने अनुमान रहेको आयोजकले जनाएको छ । महोत्सव यही मंसिर १८ गते सम्म संचालन हुनेछ ।