बिवादकै बिच सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरले भोली देखि दोश्रो खेलकुद तथा वृहद व्यापार महोत्सव आयोजना गर्दै
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरले भोली देखि दोश्रो खेलकुद तथा वृहद व्यापार महोत्सव आयोजना गर्ने भएको छ । प्रतिष्ठानले महोत्सव हुने स्थान टिसिएन चौरमा आज पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
यद्यपी महोत्सवका विषयमा चौतर्फी विरोध भइरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुरमा न्यौपानेले आर्थिक चलखेल भएको आरोप लगाउनु भएको छ । मकवानपुर उधोग वाणिज्य संघ तथा कपडा व्यवसायीहरुको विरोधका बावजुद प्रशासनले महोत्सव संचालनको स्वीकृति दिनुमा आर्थिक चलखेल रहेको न्यौपानेको आरोप छ ।
यसअघि संचालन गरिएको महोत्सवमा पनि आर्थिक पारदर्शीता नभएको भन्दै स्थानिय युवाहरुले विरोध गरेका थिए ।
बिवादका बिच सुरु हुन लागेको महोत्सवमा ३ सय १४ वटा स्टल रहनेछन् । खेलकुद समग्रीका ३, लत्ता कपडा, १ सय ४०, हस्तकलाका १०, जुत्ताचप्पलका ५०, अचारका २०, भाडाकुडाका ३०, डिलर ६ वटाबालबालिकाको खेलौनाका १५ सूचना प्रविधिका सम्बन्धि १५, ब्ल्याङकेट, होटल २० र घरेलु उद्योग सम्बन्धि ८ वटा स्टल रहने छन् ।
महोत्सवको आकर्षणका रुपमा ४ वटा खेलकुद गतिविधि रुपमा अंचल स्तरीय कराँते, उसु, कबड्डी प्रतियोगिता र बक्सीङ संचालन गरिने आयोजकले जनाएको छ । महोत्सवमा गायक गायिका कोमल ओली, प्रमोद खरेल, ज्योति मगर, राधिका हमाल, शिब परियार, हेमन्त शर्मा लगायत टेलिफिल्म भद्रगोलका कलाकार पनि आउने जनाइएको छ ।
भोली दिउँसो १२ बजे उद्घाटन हुने महोत्सवमा करीब ६० लाखको खर्च हुने र करीब २ लाख जनाले अबलोकन गर्ने अनुमान रहेको आयोजकले जनाएको छ । महोत्सव यही मंसिर १८ गते सम्म संचालन हुनेछ ।