मकवानपुरमा एक वर्षको अवधिमा १६ जना बलात्कृत

छहारी संवाददाता
पुस ६, २०७४

एक वर्षको अवधिमा मकवानपुरमा १६ जना बलात्कृत भएको इन्सेक मकवानपुरले जनाएकोे छ । इन्सेकले तयार पारेको तथ्याङ्क अनुसार सन् २०१७ जनवरीदेखि हालसम्म १६ जना बलात्कारको शिकार भएका छन् । ति मध्ये १२ जना बालिका रहेका छन् ।
इन्सेकले सन् २०१८ मा प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तकमा समेट्नका लागि तयार पारेको तथ्याङ्कमा १२ बालबालिका र ४ किशोरीसहित १६ जना बलात्कृत भएको उल्लेख गरिएको छ । इन्सेकले पत्रकार सम्मलेन गर्दै एक वर्षभित्र जिल्लामा भएका मानव अधिकार उल्लघंनका घटना सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*