वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी, दुई जनाको मृत्यु, थप विवरण आउन बाँकी

पर्साको वीरगन्ज उपमहानगरपालिका–२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी परी दुई जनाको मृत्यु भएको छ । ६ जना भन्दा बढी घाइते भएको हाम्रो संवददाता जितेन्द्र साहले जनाएका छन् ।
प्रहरीका अनुसार ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको हो । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन ।
आगो नियन्त्रणका लागि गएको वीरगन्ज उपमहानगरपालिकाको एउटा दमकल समेत जलेको छ । त्यस क्रममा दमकलका कर्मचारी सविन नेपाल घाइते भएका छन् ।आगलागी नियन्त्रण बाहिर गएको र निभाउने प्रयास भने जारी रहेको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।