विकृती र विसंगति अन्त्यका लागि जेसीजको भूमिका महत्वपूर्णः खड्ग गोपाली

छहारी संवाददाता
पुस ३, २०७४

थाहा नगरका उपप्रमुख खड्ग गोपालीले विकृती र विसंगति अन्त्यका लागि पालुङ जेसीजको भूमिका महत्वपूर्ण भएको बताउनु भएको छ । पालुङ जेसिजको १७ आंै बार्षिक साधारण सभालाई सम्बोधन गर्दै गोपालीले कुलतमा फसेका युवा जमातलाई सहि मार्गमा ल्याउनको लागि जेसिज अभियानले सहयोग पुर्याएको बताउनुभयो ।
गोपालीले नेतृत्व, व्यक्तित्व र भातृत्वको विकास गर्दै युवा केन्द्रित विकासका लागि जेसिजले संचालन गर्ने हरेक क्रियाकलापमा नगरपालिकाको सहयोग हुने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । पालुङ जेसिज वर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएको सभामा वर्ष २०१७ का महासचिव विक्रम केसीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुवास गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा वर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधानले पालुङ जेसिज दामन पालुङमा मात्र सीमित नभई सिंगो उत्तरीभेगलाई समेट्नु पर्नेमा जोड दिनुभएको थियो । प्रधानले जेसिज आस्थालाई सबैले मनन् गर्नु पर्ने बताउनुभयो । समाजसेवी अच्युतमप्रसाद ढकालले संस्थाको चाहना भावना तथा मर्म बुझेर अघि बढ्न सुझाब दिनुभयो ।
कार्यक्रममको अवसरमा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीलाई मानार्थ सदस्य प्रदान गरिएको थियो । खत्रीले उद्योग वाणिज्य संघ र जेसिजको सम्बन्ध नङ्ग र मासुको जस्तो भएको बताउनुभयो । साथै उहाँले जेसिजलाई आफ्नो साथ सहयोग सधैव रहने समेत बताउनुभयो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विमल कुमार ढकालले राजनितिज्ञले भन्दा पनि जेसिजका युवाले सहि र असल नेतृत्व गर्न सक्ने भएकोले समाजको विकासमा जुट्न आग्रह गरे । संस्थापक अध्यक्ष पुरुषोत्तम् ढकालले जेसिज सदस्य केबल भोट हाल्नको लागि मात्र नभई उत्तरी मकवानपुरको विकास गर्ने उम्मेदवार बन्न आवश्यक रहेको बताए ।

पालुङ जेसीजको २०१८ का अध्यक्षमा अमात्य र्निविरोध
पालुङ जेसीजको वर्ष २०१८ का अध्यक्ष पदमा विजय श्याम अमात्य र्निविरोध निर्वाचित भएका छन । आईतबार राती अबेर सम्म भएको निर्वाचनबाट अमात्य आगामी कार्यकालको नेतृत्व लिन सफल हुनुन भएको हो । अध्यक्षमा निर्वा्चित भएपछी अमात्यले जेसिजमा आवद्व जेसिहरुको व्यक्तिगत र संस्थागत विकासको निम्ति सक्रिय रहने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
उहाँका प्रतिद्धन्द्धी सुवास गोपाली र कुमार नेगीले उम्मेद्वारी फिता लिए पश्चात अमात्य र्निविरोध हुनु भएको हो । आज भएको साधारणसभाले कार्यकारीणी उपाध्यक्ष मनोज रायमाझी, उद्धव विडारीलाई र्निविरोध निर्वाचित गरेको छ भने उम्मेद्वारी दिएका बिकास भण्डारी अन्तमा उम्मेद्वारी फिता लिएसँगै कार्याकारी पदको लागि सहजता भएको हो । त्यस्तै ४ जना उपाध्यक्ष पदकोे लागि सबिन बिष्ट, नवराज लामा, अनित बिष्ट, रामकाजी महर्जन र सानोबाबु मोक्तानको उम्मेद्वारी परेको थियो । सानोवावु मोक्तानले अन्तमा उम्मेद्वारी र्फिता लिए पछि उपाध्यक्ष समेत र्निविरोध निर्वाचित भएको निर्वाचन अधिकृत तथा वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीले बताउनुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*