काँग्रेसले राष्ट्र, राष्ट्रियता र स्वाधिनताको सबालमा गद्दारी गर्योः उप्रेती
नेकपा एमालेका ३ नं प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले नेपाली काँग्रेसले राष्ट्र, राष्ट्रियता र स्वाधिनताको सबालमा गद्दारी गरेको बताउनु भएको छ ।
नेकपा एमाले मनहरी गाउँपालिका वडा नं ७ स्तरीय संयुक्त बाम कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेसको गद्दारीका कारण आगामी सन्ततिहरुले समेत काँग्रेसलाई सराप्ने अबस्था आउने भएकाले सोचेर मात्र मत हाल्न मतदातालाई आग्रह गरेका छन् ।
भारतको थिचोमिचो बिरुद्ध बोल्न नसक्ने पार्टीको रुपमा काँग्रेसलाई परिभाषित गर्दै उहाँले भन्नुभयो –‘यही पारामा काँग्रेस गयो भने उसलाई आउने सन्ततिले धिक्कार्ने मात्र होइन, पिण्ड समेत खुवाउँदैन ।’
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद कालाखेतीले बाम गठबन्धनको औचित्य प्रष्ट्याउनु भएको थियो । उहाँले बामगठबन्धनलाई मजबुत बनाउँदै लैजानुपर्ने भन्दै आगामी दिनमा एउटै पार्टी बनेर अघि बढ्ने दाबी गर्नुभयो । सामान्य अन्तरबिरोध र विवादहरुलाई चिर्दै अघि बढ्नका लागि उहाँले सबै कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ ।
संयुक्त बामगठबन्धन ७ नं वडा कमिटी सह संयोजक बाबुराम थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा शिवकुमार रिजालले स्वागत गर्नु भएको थियो भने शालिकराम बानियाँले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।