हेटौडाका १२, १३, १४ र १५ नम्बर वडामा बामगठबन्धनको अगुवा कार्यकर्ता भेला सम्पन्न

छहारी संवाददाता
मंसिर १, २०७४

आगामि मंसिर २१ ग्ते हुने प्रदेश सभा र प्रतिनीधिसभाको निर्बाचनका लागी मकवानपुरमा बामगठबन्धनको अभियान अन्र्तगत आज हेटौडा उप माहानगरपालीका वडा नम्बर १२, १३, १४ र १५ मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । बाम गठबन्धनका मुख्य निर्बाचन अनुगमनटोलीका सैयोजक केदार न्यौपानेको नेतृत्वमा कार्यक्रम भएको हो ।
कार्यक्रममा अहिले सम्मको चुनाबि गतिबिधि, बारेमा अगुवा कार्यकर्ताहरुसंग जानकार िलिइएको थियो । त्यस्तै बाम गठबन्धनलाई जिताउन अब कसरी अगाडी बढने भन्ने बारेमा अगुवा कार्यकर्ताहरुसंग सुझाब समेत लिईएको थियो ।
साथै उमेद्धारहरुका बारेमा समेत अगुवा कार्यकर्ताहरुसंग सुझाब लिइएको अनुगमन टोलीका सदस्य तथा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । आगामि चुनाबमा सबै कार्यकर्ताहरुलाई अगाडी बढनका आबस्यक योजना सहितको निर्देशन समेत दिईएको वाहाले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी भएका अगुवा कार्यकर्ताहरुले आगामि चुनाबमा एकताबद्ध भएर जाने र डबल मतका साथ बम गठबन्धनका उमेद्धवारलाई जिताउने प्रतिबद्धता जनाएका वाहाले बताउनुभयो ।
कार्यक्रममा बाम गठबन्धनका मुख्य निर्बाचन अनुगमनटोलीका संयोजक केदार न्यौपाने,जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख तथा अनुगमनटोलीका सदस्य रघुनाथ खुलाल, अनुगमनटोलीका सदस्य तथा माओबादी केन्द्रका केन्द्रिय सदस्य कौशल पाण्डे लगाएतकाको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*