विकासका लागि लोकतान्त्रिक गठबन्धन जित्नु अपरिहार्यः सापकोटा

छहारी संवाददाता
मंसिर १, २०७४

लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र २ क का प्रदेश सभा सदस्य पदका उम्मेदवार यतिराज सापकोटाले विकासको मुहार फेर्नका निम्ति लोकतान्त्रिक गठबन्धनले जित्नु अपरिहार्य रहेको बताउनु भएको छ ।
बिहिबार भीमफेदी गाउँपालिका वडा १ स्थित खोपलामा चुनावी प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै सापकोटाले संविधानसभाको चुनावमा मकवापनुर २ नम्वर क्षेत्रबाट नेपाली काँग्रेसले प्रत्यासी हार व्यहोरेता पनि विकासको कार्य गरे तर यही क्षेत्रबाट विजयी भएका नेकपा एमालेले विकासको कार्यको निम्ति केही पनि गर्न नसकेको दाबी गर्नुभयो ।
सापकोटाले घरदैलो कार्यक्रम मार्फत लोकतान्त्रिक गठबन्धनको रुख चिन्हमा भोट हाल्न आग्रह गर्नु भएको थियो । भीमफेदी गाउँपालिका १ नम्वर वडाका सभापति श्यामबहादुर बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका महाधिवेशन प्रतिवेदन मोमलाल दोङ, नेपाली काँग्रेस निबुवाटार इकाइ सभापति सञ्जिप श्रेष्ठ, भीमफेदी गाउँपालिका चुनाव प्रचार प्रसार संयोजक रुद्र लामालगायतले बोलेका थिए । यसैगरी गठबन्धनले गढी–५ सिमलटार धादिङमा घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*