नयाँ शक्ति पार्टीका उमेद्वार लामिछाने र मैनाली भोट माग्न व्यस्त

छहारी संवाददाता
मंसिर १, २०७४

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नयाँ शक्ति पार्टी, नेपालका उम्मेदवाहरु गाउँका साथै हेटौँडा बजारमा समेत घरदैलो गर्दै भोट माग्न व्यस्त छन् ।
पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछानेको नेतृत्वमा प्रदेशसभा क्षेत्र नम्बर १ को ख का उम्मेदवार राजन मैनालीसहितको टोली चुनावी अभियान लिएर हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ आसपासका क्षेत्रमा भोट माग्न पुगेका छन् ।
जनताको गुनासो सुन्ने क्रममा उम्मेदवार लामिछानेले नयाँ शक्ति देश विकासको लागि र समृद्धिका लागि वैकल्पिक शक्ति भएकोले यसको कुनै विकल्प नभएको बताउँदै नयाँ शक्तिका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।  त्यस्तै कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार मैनालीले आफ्नो क्षेत्रमा मेडिकल कलेजका साथै सुविधा सम्पन्न औद्योगिक क्षेत्र बनाउने प्रतिवद्धत्ता व्यक्त गरेका छन् । मकवानपुरको स्थानीय स्तरमा पर्यटक भित्र्याउने गरी अध्ययन गरिने बताए । साथै नयाँ शक्तिको विशेष एजेण्डा अनुसार नै युवालाई स्वरोजगार बनाई समृद्ध राष्ट्रको रुपमा विकास गर्ने पनि उनले बताए ।
चुनावी अभियानमा सुधिर थापा, गंगा थापा, सविता थापा, नयनबहादुर श्रेष्ठ,शिव थापासहित कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*