वामगठबन्धनको मतदाता घरदैलो कार्यक्रम जारी

नजिकिदै गरेको दुबै तहको निर्वाचनलाई केन्द्रमा राखेर वामगठबन्धनले विभिन्न कार्यक्रमको साथ मतदाताको घरदैलोमा पुग्नेक्रम जारी राखेको छ ।
त्यसैक्रममा आज वामगठबन्धनको अनुगमन टोली एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेको नेतृत्वमा भिमफेदी हुँदै इन्द्रसरोवर गाउँपालिकाको कार्यालय पुगेको थियो । दुबै गाउँपालिकामा अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनीहरुको जिज्ञासालाई मेटाउने कोशिस गरेको नेता न्यौपानेले जानकारी दिनुभयो ।
टोलीमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कौशल पाण्डे, एमाले नेता रामेश्वर राना, जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल, भोला रुपाखेती रहनुभएको थियो ।
बकैयामा चुनावी सभा
बकैया गाउँपालिका वडा न।१२ मा वामगठबन्धनको चुनावी सभा तथा २९९ सदस्य निर्वाचन परिचालन समिति आज निर्माण भएको छ ।
निर्वाचन क्षेत्र न।ं १ प्रदेश सभा क का उम्मेदवार प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा निर्वाचन परिचालन प्रदेश कमिटी संयोजक कमान सिं पाख्रिन पृथक, सहसंयोजक कमल विष्ट, माओवादी केन्द्रका वकैया गाउँपालिका इन्चार्ज लक्ष्मी पाखिन, नेकपा एमालेका जिल्ला सदस्य दल बहादुर वाइवा, एमालेका नेता कृष्ण चौलागाई, वाइसियल इन्चार्ज जिवन गोले, वाइसियल अध्यक्ष सुमन पाख्रिन लगायतका अतिथि रहेका थिए ।