दिगो विकासका लागि युवालाई स्वरोजगार बनाउनु र उत्पादनमा जोड्नुको विकल्प छैनः मैनाली

आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टीको तर्फबाट मकवानपुरको प्रदेशसभा सदस्य उम्मेदवार राजन मैनालीले नयाँ शक्तिले युवाकै लागि विभिन्न एजेण्डाहरुसहित चुनावमा सहभागी भएकोले युवाकै एजेण्डामा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
बुधबार हेटौँडा आसपासका क्षेत्रमा घरदैलो गर्दै मैनालीले आर्थिक समृद्धि, युवालाई स्वरोजगार बनाउने अभियानमा नयाँशक्तिका आफुसहितका उम्मेदवारु लागेकाले हाम्रालाई होईन राम्रालाई मतदान गर्नुपर्ने बताउनुभयो ।
युवाको लागि सोच्नेलाई छातिमा हात राखेर मतदान गर्ने वाचा गर्न समेत उहाँले आग्रह गर्नुभयो । अबको युग भनेको आर्थिक समृद्धि र दिगो विकासको युग भएकोले त्यसको कार्यभार बहन गर्न युवालाई स्वरोजगार बनाउनु र उत्पादनमा जोड्नुको विकल्प नभएको मैनालीले दाबी गर्नुभयो ।
घरदैलो कार्यक्रममा रमा खरेल, पार्वती मैनाली, राजकुमार थापा, अभिषेक क्षेत्री, सुब्बा लामाका साथै बुद्ध टोलवासी र पारिजात टोलवासीहरुले सहयोग गरेका थिए ।






