लोकतान्त्रिक महिला संघ संगठनको प्रचार प्रसार समिति गठन
नेकपा काग्रेस निकट नेपाल महिला संघ र राप्रपा निकट महिला संगठनको संयुक्त भेला हेटौँडामा सम्पन्न भएको छ । भेलाले लोकतान्त्रिक गठबन्धनकाको प्रचारका लागि संयुक्त निर्बाचन प्रचार प्रसार समिति समेत गठन गरेको छ ।
नेपाल महिला संघ मकवानप’रकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठको संयोजकतत्व र राप्रपा निकट महिला संगठनकी जिल्ला अध्यक्ष अम्बिका बस्नेतको सहसंयोजकत्वमा ३५१ सदस्य चुनाब प्रचार प्रसार र समिति गठन गरीएको छ । त्यसैगरी भेलाले प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ प्रद्शसभा १ को क र ख २ को क र ख मा नेपाल महिला संघको संयोजकत्व र राप्रपा निकट महिला महिला संगठनको सहसंयोजकत्व रहने गरी संयुक्त प्रदेश समिति गठन गरिएको छ ।