लोकतान्त्रिक गठबन्धनबले जिते मकवानपुरको मुहार फेरिने डिनाको दाबी

छहारी संवाददाता
कार्तिक ३०, २०७४

आसन्न प्रतिनिधी र प्रदेश सभाका निर्वाचनको लागि लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाका उम्मेदवार एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष डीनाले लोकतान्त्रिक गठबन्धनले जितेपछी मकवानपुरको मुहार फेरिने दावि गर्नु भएको छ ।
कैलाश गाउपालिकाको १० नम्बर वडास्थित भाल्टारमा भएको चुनावीसभालाई बुधबार सम्बोधन गर्दै उहाँले विकास गर्नका लागि नै आफु सहित बानियाँलाई प्रदेशसभाको लागि २ नम्बर क्षेत्रमा ल्याइएको बताउनुभयो । साथै उहाँले नामटारबाट गाजा उन्मुलन गर्दै कृषि क्षेत्रमा विकासको लागि योजना बनाएको पनि बताउनुभयो ।
त्यसैगरी क्षेत्र नम्बर २ को २ (ख) को प्रदेशसभा सदस्य पदका उम्मेदवार नेपाली काङ्ग्रेसका जिल्ला सभापति इन्द्र बानियाँले कम्युनिष्टहरुले राजनीतिलाई मागि खाने बनाएको भन्दै आफ्नो लागि राजनीति पेसा भएको बताउनुभयो । उहाँले काँग्रेसले बिश्वासघात गर्दैन भन्दै विकट क्षेत्रको विकासको लागि आफु यस क्षेत्रमा आएको बताउनु भयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, काँग्रेस क्षेत्र नम्बर ४ का सभापती लोक मुक्तान, राप्रपाका जिल्ला उपाध्यक्ष खड्गबहादुर लामा, समानुपातिक उम्मेदवार एवम राप्रपाका नेता गोबिन्द रिजाल, राप्रपाका नेता देव लामा, काँग्रेस नेता भिमसेन महत, तरुण दल अध्यक्ष इश्वर पाठक, तरुण दल नेता  राजेश भेटवाल, काँग्रेस प्रवेश गरेका युवा नेता नवराज थिङ, कैलाश १० नम्बर वडा अध्यक्ष माणिकलाल मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एमाले र माओवादी सहित विभिन्न पार्टी परित्याग गरि ४ सय ४७ जना काङ्ग्रेस प्रवेश गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*