थाहानगरलाई कृषि आधुनिकीकरण गर्नुपर्छः डीना

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आर्थिक समृद्धि लागि थाहानगरलाई कृषिको आधुनिकीकरणको रुपमा बिकास गर्नुपर्ने बताउनु भएको छ ।
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तर्गत मंगलबार थाहानगरपालिका–५ स्थित सानो फाखलमा प्रचार प्रसार समितिको वडा कार्यालय उद्घाटन गर्दै डिनाले कृषि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको थाहानगरलाई कृषि आधुनिकीकरण गर्नुको साथै दामनलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
संविधान सभाको चुनावमा मकवानपुरको तीन क्षेत्रबाट एमालेले चुनाव जितेपनि विकासको नाममा केही गर्न नसकेकोले विकासको कार्यको लागि लोकतान्त्रिक गठबन्धनले जित्नु अपरिहार्य रहेको उहाँको भनाइ थियो ।
नेपाली काँग्रेस थाहा नगरपालिका वडा नम्वर ५ का सभापति भीमबहादुर वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ क का प्रदेश सदस्य उम्मेदवार यतीराज सापकोटा, थाहानगरपालिका उपमेयर खड्ग गोपाली, निर्वाचन परिचालन संयोजक सन्तबहादुर गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो ।
मंगलबार सुमिना भोम्जनको संयोजकत्वमा १५ जना महिला निर्वाचन परिचालन कमिटी गठन भएको छ । त्यसैगरी सन्तबहादुर गुरुङको संयोजकत्वमा १५१ निर्वाचन परिचालन समिती गठन भएको छ ।