लोकतन्त्र जोगाउन र विकास गर्न लोकतान्त्रिक गठबन्धन आवश्यकः उपप्रधानमन्त्री थापा

छहारी संवाददाता
कार्तिक २९, २०७४

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले लोकतन्त्र जोगाउन र जिल्लाको विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताउनु भएको छ ।
हेटौँडा १५ भोर्लेमा चुनाव प्रचार कार्यालयको उद्घाटन गर्दै उपप्रधानमन्त्री समेत रहनु भएका थापाले देशमा दुई तिहाई ल्याएर लोकतन्त्र मास्ने षड्यन्त्रमा बामगठबन्धन लागेको भन्दै त्यस कारण पनि लोकतान्त्रिक गठबन्धन बनाएर यसको रक्षाका लागि उत्रनु परेको बताउनुभयो । उहाँले यसमा मतदाताले साथ दिनेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश ख का उम्मेदवार अशोक शाक्यले जिल्लालाई विकासबाट पछि पार्ने यसअघिका नेताहरु पुनः मत माग्न आईरहेको भन्दै जनताले यसपटकको निर्वाचनबाट उनीहरुलाई विदा दिने बताउनु भयो ।
वडा प्रचारप्रसार समितिका संयोजक गुञ्जबहादुर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस वडा अध्यक्ष महारत्न लामा लगायतले मन्तव्य व्यक्त गर्नुै भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*