मकवानपुरमा खुकुरी प्रहारबाट ३ जनाको मृत्यु

मकवानपुरको मनहरीमा खुकुरी प्रहारबाट ३ जनाको मृत्यु भएको छ । मनहरी ७ का स्थानीय ५२ वर्षका सिताराम धिताल, उनका छोरा १६ वर्षका सुमन धिताल तथा ६५ वर्षका जित बहादुर ब्लोनको खुकुरी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खुकुरी प्रहार गरी हत्या गर्ने सुमन बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।