लोकतान्त्रिक गठबन्धनको जिल्ला युवा परिचालन समितिमा ईश्वर पाठक

छहारी संवाददाता
कार्तिक २५, २०७४

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र राप्रपाको भातृ संगठन युवा संघको संयुक्त भेलाले शुक्रबार ईश्वर पाठकको संयोजकत्वमा १५५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ भने सल्लाहकार काँग्रेस नगर सभापति आनन्दराम पराजुली र राप्रपा प्रवक्ता सुन्दर शाही रहनुभएको छ ।
पाल तरुण दल मकवानपुरका अध्यक्ष पाठकको सभाध्यक्षता तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा २ का उम्मेदवार अशोक शाक्यको प्रमूख आथित्यतामा बैठक भएको थियो ।
बैठकमा राप्रपाका महामन्त्री राजाराम बर्तौला, काँग्रेस पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नगर सभापति पराजुली, राप्रपा नेता शाही, राप्रपा युवक संगठन कार्यबाहक अध्यक्ष शुक्रराज प्रजालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काँग्रेस निकट नेपाल तरुण दल र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको जिल्लाका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*