जनता जित्न लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यकः डिना

प्रतिनिधिसभा सदस्य क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले बाम गठबन्धनको खोक्रो आश्वासन र हैसियत धेरै समय नटिक्ने बताउनु भएको छ । लोकतान्त्रिक गठबन्धनको थाहा नगरपालिका–४ मा आयोजित चुनाब प्रचार समिति गठन तथा बैठक कार्यक्रममा उपाध्यायले जनता जित्न पनि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर २ का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले लोकतान्त्रिक गठबन्धनको जित नै जनताको जित हुने बताउनुभयो । हेटौंडालाई ३ नम्वर प्रदेशको राजधानी स्थायी गराउनको निम्ति पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यकता रहेको उहाँको भनाइ थियो ।
बैठकले राप्रपाका थाहा नगरका अध्यक्ष हरेराम कार्कीको संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको छ । शुक्रबार नै भएको भेलाले सल्लाहकारमा ईश्वरनाथ पौडेल, कृष्ण भक्त श्रेष्ठ, राजेन्द्र विडारी, पवित्रा महत, रमेश रौनियार, खड्ग गोपाली, अर्जुन केसीलाई चयन गरेको छ ।
कार्यक्रममा पार्टीका निर्वतमान सभापति रघुरमण न्यौपाने, प्रदेश सभा क का निर्वाचन परिचालक जयराम लामिछाने, २ का निर्वाचन प्रचार प्रसार समितिका प्रतिनिधि सभाको प्रदेश सह संयोजक रामजि न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेपाली काँग्रेस थाहा नगरका सभापति योगेन्द्रमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो ।