क्षेत्र १ ख को परिचालान समितिको संयुक्त भेला सम्पन्न

छहारी संवाददाता
कार्तिक २५, २०७४

लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तरगत हेटौँडामा चुनाव परिचालान समितिको संयुक्त भेला सम्पन्न भएको छ ।
भेलाले निर्वाचन क्षेत्र १को ख मा पर्ने हेटौँडा उपमहानगरपालिका भित्र पर्ने १२ वटा वडामा संयुक्त वडा कार्यलयहरु खेल्ने र २८ गते सम्म नगरका विभिन्न स्थानमा चुनावि कार्यक्रम गर्ने निर्णय भएको राप्रपाका केन्दि«य सदस्य तथा समानुपातिक उमेदवार दिपक सिंहले जनाकारी दिए ।  
३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक तारानाथ चौलागाई को सभाध्यक्षतामा सम्पन्न भेलामा क्षेत्र १ को ख का उमेदवार असोक शाक्य, जिल्ला निर्वाचन परिचालन समितिका संयोजक विष्णुप्रसाद लामिछाने,प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति
संयोजक माइकल रामचन्द्र अर्याल, राप्रपाका केन्दि«य सदस्य तथा समानुपातिक उमेदवार दिपक सिंह, रामहरी न्यौपाने, निर्वाचन परिचालन समितिका सह संयोजक धुव्र संजेल, हेटौंडा उपमहानगरमा निर्वाचन परिचालन समितिका संयोजक आन्नदराम पराजुली , राप्रपा  नगर अध्यक्ष गुरु प्रसाद सापकोटा  लगायतकाको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*