८ नम्बर वडामा एक हजार निर्वाचन परिचालन कमिटि गठन

छहारी संवाददाता
कार्तिक २३, २०७४

आगामी निर्वाचनमा बाम गठबन्धनलाई जिताउन हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा एकहजार १ जनाको निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

नेकपा एमाले र माओबादी केन्द्रको ८ नम्बर वडा कमिटिको संयुक्त भेलाले गणेशकुमारी प्रधान संयोजक र धर्मराज पुडासैनीको सहसंयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।

कार्यक्रममा प्रतिनिधी सभा क्ष्इोत्र नम्बर १ का प्रदेश सभा २ निर्वाचन परिचालन संयाृजक श्रीधर पोखरेल र सहसंयोजक बालकृष्ण चौलागाईले कुनैपनि हालतमा मकवानपुरको हरेक क्षेत्रमा बाम गठबन्धन बिजयी हुने बताउँदै देशमा स्थायी बाम सरकार निर्माण हुने समेत बताउनुभयो ।

यसैगरी निर्वाचनलाई लक्षित गरि ७ सदस्यीय वडा स्तरिय स्टेरिङ कमिटि समेत गठन गरिएको छ । कमिटिमा गणेशकुमारी श्रेष्ठ, धर्मराज पुडासैनी, मोतीलाल लामा, बोलबहादुर कार्की, कृष्णगोपाल कार्की, यशोदा उप्रेती र रामबहादुर दुलाल रहेकाछन्ख

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*