कार्तिक २५ गते बृहत् शिक्षक भेला आयोजना गरिने

छहारी संवाददाता
कार्तिक २३, २०७४

शिक्षकहरुको पेशागत संस्थाका कम्यूनिष्ट घटकको संयुक्त शिक्षक समितिको पहिलो बैठकले बृहत् शिक्षक भेला आयोजना गर्ने जनाएको छ । समितिका अध्यक्ष श्रीराम दहालको अध्यक्षतामा बसेको बैठकले कार्तिक २५ गते शनिवार यस्तो बृहत् शिक्षक भेला आयोजना गर्ने बताएको हो ।
पहिलो भेलाले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा शिक्षकहरुको भूमिका विषयक अन्तरक्रिया का लागि छुट्टा छुट्टै कमिटि समेत गठन गरेको छ । जस अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं १ मा जीधराज ढकाल संयोजक तथा वसन्त राईलाई सहसंयोजक तोकेको छ भने, क्षेत्र नं २ मा किशोर वर्तौला संयोजक तथा गोकुल लम्साल ले सहसंयोजक को जिम्वेवारी पाउनुभएको छ ।
त्यसैगरी प्रदेश सभा क्षेत्र नं १ क मा हरिप्रसाद संयोजक र भरत सापकोटा सहसंयोजक रहनु भएको संयुक्त शिक्षक संयोजन समिति मकवानपुरका सहसंयोजक भोगेन्द्र लुईटेलले जमनकारी दिनुभयो ।
यता क्षेत्र १ ख मा लक्षमी दुलाल संयोजक र खेमराज लामिछाने सहसंयोजक रहनुभएको छ । क्षेत्र २ क मा कृष्ण बहादुर कार्कि संयोजक र नवराज अर्याल सहसंयोजक त्यसैगरी क्षेत्र नं २ ख मा सुर्यबहादुर मोक्तान र ऋषि देवकोटा संयोजक तथा सहसंयोक रहनुभएको समितिका संयोजक श्रीराम दहालले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*