जेसीज सप्ताहमा महिला सशक्तिकरण प्रशिक्षण

छहारी संवाददाता
कार्तिक २३, २०७४

हेटौंडा लेडी जेसीजले जेसीज सप्ताह अन्तरगत आज(बुधबार) हेटौंडामा महिला सशक्तिकरण प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा माईती नेपाल हेटौंडाकी कार्यक्रम संयोजक मायाँ लामाले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा महिला अधिकार, महिला हिँसा, समानता, महिला सशक्तिकरण लगाएतका बिषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रमका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का ४० जना महिलाको सहभागिता रहेको कार्यक्रम संयोजक रितिका दाहालले जानकारी दिईन् ।
कार्यक्रम हेटौंडा लेडी जेसीजकी पूर्व अध्यक्ष रश्मी बस्नेतको प्रमुख आतिथ्य तथा हेटौंडा लेडी जेसीजकी अध्यक्ष निशा रोक्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल जेसिजकी उपाध्यक्ष शोभा खरेलको बिशेष आतिथ्य रहेको थियो ।
हेटौंडा लेडी जेसीजले कात्तिक २० गतेदेखि शुरु गरेको जेसीज सप्ताह पर्सी(शुक्रबार) पुरस्कार वितरण गरि समापन गर्ने जनाएको छ । ओम बृद्धाश्रममा स्वीटर बितरण गरि शुरु गरेको जेसीज सप्ताह बुद्धरत्न शाक्य स्मृती अन्तर जेसीज बक्तृत्वकला, मामाघरमा शैक्षिक सामाग्री बितरण, हाजिरी जवाफ प्रतियोगिता भईसकेको छ भने बिहीबार बुद्धचोकमा स्लो स्कुटर प्रतियोगिता हुँदैछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*