कलैया १ का दलित,मुस्लिम तथा गरिब महिलालाई ३ महिने निशुल्क सिलाई कटाई तालिम

छहारी संवाददाता
कार्तिक २०, २०७४

नेपाल कपडा तथा सिलाई ब्यवसाई संघ कलैयाले १ नम्बर वडाका दलित,मुस्लिम तथा गरिब महिलालाई ३ महिने निशुल्क सिलाई कटाई तालिम दिइरहेको छ । कलैया उपमहानगरपालिका वडा नं १ का वडा सदस्य हरेराम मेहताले  उदघाटन गर्नु भएको तालिममा २० जना महिला सहभागी रहेको आयोजकले जनाएको छ । तालिमको प्रशिक्षण शहनाज खातुन ले गरिरहनु भएको छ भने ब्यवस्थापन ऐनुलहक मंसुरले गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*