वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी र जाइकाका पदाधिकारी बीच छलफल

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु तथा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) का पदाधिकारीहरु बीच आज छलफल भएको छ ।
सङ्घका कार्यवाहक अध्यक्ष गोपाल केडियाले स्वागत मन्तव्य राख्नु हुँदै सङ्घको इतिहास, हासिल गरेका उपलब्धी, आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न निकायहरुसँगको सहकार्यका सम्बन्ध बारे प्रकाश पार्नु भयो ।
कार्यवाहक अध्यक्ष केडियाले यस पर्सा–बारा क्षेत्रमा अवस्थित उद्योग, व्यवसायको स्थिति, मुलुकको आर्थिक विकासको लागि खेलेको भूमिका, यस क्षेत्रका पूर्वाधारका सम्बन्धमा जाइकाका पदाधिकारीहरुलाई अवगत गराउनुभएको थियो ।
जाइका नेपाल अफिसका परियोजना तर्जुमा सल्लाहकार नात्सुको फुरुकावाले यस क्षेत्रको विकासको लागि आपूmहरुले योजना तर्जुमा गरी परियोजना प्रमुख समक्ष सुझाव प्रस्तुत गर्ने बताउनुभयो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानी, गणेशप्रसाद लाठ, अशोककुमार वैध, महासचिव सुनिलकुमार खेतान, जाइका नेपाल अफिसका प्रोग्राम अफिसर प्रशन्न अर्याल, जाइकाका स्नेहा शाक्यको उपस्थिति रहेको थियो । वीउवासङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रमको सहजीकरण वीउवासङ्घका मनोज उपाध्यायले गर्नुभएको थियो ।
त्यसैगरी जाइकाका पदाधिकारीहरुले आजै केएनपी जापान ई. प्रा.लि. र सुक्खा बन्दरगाहको अवलोकन भ्रमण गर्नुभयो ।