हेटौडा १० बसपार्कबाट लागूऔषध गाँजा सहित पाँच जना पक्राउ

छहारी संवाददाता
जेष्ठ १५, २०७४

हेटौडा १० बसपार्कमा प्रहरीले लागूऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ । 

हेटौडा बाट सर्लाही तर्फ जादै गरेको ना ३ ख ७९६७ नम्बरको यात्रु वाहक बस रोकी चेकरजाँच गर्ने क्रममा हेटौडाको बसपार्कको प्रहरी चेकपोष्टमा सुराकीका आधारमा पाँच जनालाई पक्राउ गरिउको हो । 

मकवानपुर राक्सीराङ गाउँपालिका वडा नंम्बर ९ बस्ने वर्ष १९ को दिल बहादुर चेपाङको साथबाट लागु औषध गाँजा ७ किलो २०० ग्राम फेला पारिएको छ ।

सोहि स्थानका वर्ष १८ को बिर बहादुर चेपाङ साथबाट लागु औषध गाँजा ७ किलो २०० ग्राम, वर्ष २४ को देव नारायण नगरकोटीको साथबाट लागु औषध गाँजा ६ किलो ५०० ग्राम,  वर्ष २३ को नवराज थिंङको साथवाट लागु औषध गाँजा १५ किलो ५०० ग्राम  र वर्ष १६ को शेर बहादुर चेपाङको साथबाट लागु औषध गाँजा ७ किलो ५०० ग्राम फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*