कमल थापाको हेटौडा उपमहानगरपालिकाको १९ नंबर वडाको अध्यक्षमा समेत राप्रपा पराजित

राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा बसोबास गर्ने वडा अध्यक्षमा समेत राप्रपाले पराजय भोग्नु परेको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिकाको १९ वटा वडामध्येमा राप्रपाका नेताहरुले जित्ने लिष्टमा राखेको यस वडामा समेत राप्रपाले वडा अध्यक्ष पदमा जित्न नसकेको हो ।
राप्रपा मकवानपुरका धेरै नेताहरु समेत बसोबास गर्ने हेटौडा ६ नंम्बर वडा अध्यक्षमा समेत राप्रपाले एउटा सदस्य पदमा मात्र बिजयी हुन सफल भएपनि वडा अध्यक्ष पदमा बिजयी हुन नसकेको हो ।
यस वडामा नेपाली कांग्रेसका अर्जुनप्रसाद चौलागाईले वडा अध्यक्ष पदमा विजयी भएका हुन् । अध्यक्षमा विजयी भएका चौलागार्इंले ९ सय ७५ मत ल्याएका छन् । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार गणेशबहादुर दुलालले ८ सय ६९ मत प्राप्त गर्नुभयो भने राप्रपाका वडा अध्यक्षका उम्मेदवार केदार राईले ८ सय ६४ मत ल्याएर तेस्रो स्थानमा पुगे ।
यसअघिको चुनाबमा मकवानपुरको तीन नम्वर क्षेत्रमा थोरै मतले मात्र तत्कालिन राप्रपाका उमेदवार दिपकबहादुर सिङ पराजित हुनुभएको थियो । प्रत्यक्षको सांसद चुनाबमा थोरै मतले मात्र पराजित भएपनि समानुपातिक तर्फमा भने राप्रपाको एमालेका विजयी सांसद भन्दा बढी मत ल्याउन सफल भएको थियो ।