मकवानपुरका विभिन्न स्थानबाट लागूऔषधसहित २ जना पक्राउ

छहारी संवाददाता
भदौ १३, २०८२

मकवानपुर प्रहरीले ७ किलो ६५० ग्राम लागूऔषध गाँजा सहित १ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्नेक्रममा जिल्ला हेटौंडा १९ बस्तीपुरबाट १९ वर्षका दुर्गा कुमार साहलाई पक्राउ गरेको हो ।

सडकमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा रौतहट गरुडा नगरपालिका ६ का साहलाई खानतलासी गर्ने क्रममा उनले बोकेको झोलामा रहेको ७ किलो ६५० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जर्नाको छ । साहलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध ट्रामाडोल २१०० क्याप्सुल सहित १ जना पक्राउ गरेको छ । जिप्रका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १३ पदमपोखरी ठुलोथलीमा पैदल हिडिरहेको अवस्थामा स्थानिय ४५ वर्षका राजकुमार मोक्तानलाई पक्राउ गरेको हो ।

लागूऔषध कारोवार भईरहेको छ भन्ने सूचनाको आधारमा पुगेको टोलीले मोक्तानलाई खानतलासी गर्ने क्रममा उनले बोकेको झोलामा २१०० ट्याब्लेट लागूऔषध ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ । मोक्तानलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्धामा म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*