बागमती प्रदेशसभा बैठक भदौ १५ गते आइतबार बस्ने

छहारी संवाददाता
भदौ १२, २०८२

बागमती प्रदेशसभा बैठक भदौ १५ गते आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडाले सूचना जारी गर्दै भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बिहीबार जारी गरेको सूचनामा बैठकको समय निर्धारण भएको उल्लेख गरिएको छ । प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत बाह्रौ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ । बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने सभामुख पाठकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*