मकवानपुरमा महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवद्र्धन कोषको शुभारम्भ

छहारी संवाददाता
भदौ ६, २०८२

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवद्र्धन कोषको बिहीबार औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।

महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवद्र्धनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख लामाले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले यस्तो कोष स्थापना गर्नु निकै प्रशंसनीय कार्य भएको बताउनुभयो ।

उहाँले उपमहानगर महिलाको विषयमा निकै संवेदनशील रहेको उल्लेख गर्दै यो कोषले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकाको तर्फबाट कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख राजेश बानियाँले महिला पत्रकारहरूका लागि यो कोष सञ्चालन गर्नु ऐतिहासिक कदम भएको धारणा राख्नुभयो । राज्यले महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको सन्दर्भलाई जोड्दै उहाँले उपमहानगरपालिका महिलाका विषयमा सहयोग गर्न सधैं तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

नगर प्रमुख लामा र उपप्रमुख बानियाँले व्यक्तिगत तर्फबाट कोषमा १०÷१० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभयो । त्यसैगरी, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकस्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले पनि कोषको प्रवद्र्धनका लागि १०/१० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टले २ हजार र पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्कीले २ हजार रुपैयाँ सहयोग गर्नुभयो । यसका साथै महासंघ मकवानपुर शाखाको कार्यसमितिको तर्फबाट ११ हजार रुपैयाँ कोषमा जम्मा भएको छ ।

कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरको तर्फबाट पत्रकार महासंघका लागि स्यानीटरी प्याड, सुत्केरी महिला पत्रकारका लागी खाद्य सामग्री प्रदान गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*