बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी पेश
बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गनुृभएको छ ।
उहाँले नेपाली काँग्रेस र नेकपा ९एमाले०को समर्थनसहित संविधानको धारा १६८९२० बमोजिम प्रदेश प्रमुख दिपक प्रसाद देवकोटासमक्ष दाबी पेश गर्नुभएको हो । मुख्यमन्त्री बन्नका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।
बागमती प्रदेशमा नेपाली काँग्रेसको ३७ र नेकपा एमालेको २७ सांसद रहेका छन् । दाबीपत्रमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाले संयुक्त हस्ताक्षर गरेका छन् ।
यसअघि मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको थियो ।
प्रदेश प्रमुख कार्यालयले मंगलबार दिउँसो २ बजेसम्म सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ ।






