बागमतीका मुख्यमन्त्री लामाको राजीनापत्र प्रदेश प्रमुखको कार्यालयमा पेश
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनापत्र प्रदेश प्रमुखको कार्यालयमा पेश गर्नुभएको छ ।
लामाको तर्फबाट प्रमुख स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत सोमबार राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश गर्नुभएको हो ।
यसअघि आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामाको घोषणा गर्नुभएको थियो । चार दिनदेखि उपचारका लागि काठमाडौंमा रहेका प्रदेश प्रमुख देवकोटा सोमबार बिहान हेटौंडा आइपुग्नुभएको हो ।
राजिनामा पत्रमा हस्ताक्षर गरेर मुख्यमन्त्री लामा भने आइतबार साँझै काठमाडौं जानुभएको छ ।






