हेटौंडाकी स्रष्टा ओलीको एकल मुक्तक सङ्ग्रह ‘मञ्जरी’ विमोचन

छहारी संवाददाता
साउन १९, २०८२

हेटौंडाकी स्रष्टा एस आर मञ्जरी ओलीद्वारा लिखित एकल मुक्तक सङ्ग्रह ‘मञ्जरी’ विमोचन भएको छ ।

शनिबार झरना साहित्यिक परिवार मकवानपुरको ३१७ औँ साहित्य शृङ्खलाका अवसरमा ब्रह्मदिक एकेडेमीमा मुक्तक सङ्ग्रह ‘मञ्जरी’ विमोचन भएको हो । कार्यक्रममा कृतिकारको परिचय मुक्तककार मिथिला अधिकारी र विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी झरना साहित्यिक परिवार मकवानपुरका सल्लाहकार दीपक गौतमले राख्नुभएको थियो ।

महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक रमेशमोहन अधिकारी तथा जनार्दन खनाल, प्रगतिशील लेखक संघ बागमती प्रदेशका अध्यक्ष शान्ति प्रियवन्दना, राष्ट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउत, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, गजल मञ्च मकवानपुरका अध्सयक्ष सन्जित श्रेष्ठ, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, व्यङ्गयकार राजकुमार लामिछाने, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाल तथा श्रष्टाहरू देवराज तिवारी,  चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, मसान उपासक, कृष्ण घतानी, देवराज लामिछाने, नीलहरी ढुङ्गेल, भोलाप्रसाद शिवाकोटी, सुवास सजल, अमृता लामिछाने लगायतको विशेष उपस्थिति रहेको थियो।

मुक्तक सङ्ग्रह विमोचन कार्यक्रम झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको हो । कृतिकार ओलीको पहिलो ‘गोधुली चिन्तन’ संयुक्त गजल सङ्ग्रह प्रकाशित छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*