हजार ट्रामाडोल क्याप्सुलसहित एक युवक पक्राउ

छहारी संवाददाता
साउन १४, २०८२

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध ट्रामाडोलका ९ हजार क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१३ आदामार बस्ने ३० वर्षीय प्रविन लामा रहेका छ्न । हिजो राती करिब ८ बजे मकवानपुर प्रहरीले शंकास्पद रूपमा हिँडिरहेका लामालाई रोकी खानतलासी गर्दा उनको साथबाट ३ हजार क्याप्सुल ट्रामाडोल फेला परेको हो।

प्रारम्भिक अनुसन्धानमा उनले सो लागूऔषध हेटौंडा–१२ बस्ने एक व्यक्तिबाट खरिद गरेको बयान दिएका छन्।

प्रहरीले सोही सूचनाका आधारमा लागूऔषध बिक्री गर्ने व्यक्तिलाई पक्राउ गर्न खोज्दा उनी प्रहरीलाई देख्नेबित्तिकै साथमा बोकेको झोला फालेर फरार भएका थिए। सो झोलाको जाँच गर्दा थप ६ हजार क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामामाथि लागूऔषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाइएको छ भने फरार व्यक्तिको खोजी कार्य जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*