संसदीय दलको नेताको हैसियत गुमाएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बहादुरसिंह लामाको अडान

छहारी संवाददाता
साउन १४, २०८२

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको हैसियत गुमाएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बहादुरसिंह लामा तामाङले अडान दोहोर्‍याउनु भएको छ ।

मंगलबार संसदीय दलमा भएको मतविभाजनमा पराजित भएपछि संचारकर्मीहरुको प्रश्नमा उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै संवैधानिक बाध्यता नरहेकोले आफ्नो अडान कायमै रहेको दोहोर्‍याउनुभयो । मुख्यमन्त्री लामाले सरकारको नेतृत्व र संसदीय दलको नेतृत्व फरक पाटो भएको जिकिर गर्दै गठबन्धन सरकारमा दलको नेताको हैसियतले मात्रै मुख्यमन्त्री बन्नुपर्ने कुनै बाध्यता नरहेको बताउनुभयो ।

मुख्यमन्त्री लामाले पार्टीभित्रकै व्यक्तिहरूले आफूविरुद्ध प्रपञ्च रचेको आरोप पनि लगाउनुभयो । उहाँले आफू संसदीय दलको नेतामा पराजित भए पनि संसदीय दलको नयाँ नेताको चयन प्रक्रिया बाँकी नै रहेकाले त्यसमा आफ्नो पक्षले उम्मेदवारी दिने बताउनुभयो । संसदीय दलमा भएको मतविभाजनमा लामा पक्षमा १५ मत मात्र पर्यो भने विपक्षमा २२ मत परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*