बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा विरुद्धको अविश्वासको प्रस्ताव पारित
बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ।
मंगलबार हेटौंडामा बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको पक्षमा १५ सांसदको मात्र समर्थन रहयो । अविश्वासको प्रस्तावको पक्षमा २२ सांसदले हस्ताक्षर गरेका छ्न ।
अविश्वासको प्रस्ताव पारित भएसँगै लामा संसदीय दलको नेताबाट स्वतः पदमुक्त भएका छ्न । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद राजेन्द्र केसीको समन्वयमा सहमति खोज्ने प्रयास गरिएको भए पनि सहमति जुट्न नसकेपछि मंगलबार बैठकबाट मत विभाजन गरिएको छ ।
अब नेपाली कांग्रेस बागमती संसदीय दलले नयाँ नेता चयनको प्रक्रिया सुरु हुनेछ ।






