मकवानपुरः महिला नेतृत्वको नमूना जिल्ला

कार्यपालिका, न्यायपालिका र प्रशासनिक तहमा महिला नै प्रमुख भूमिकामा
छहारी संवाददाता
साउन १३, २०८२

मकवानपुर जिल्ला महिला नेतृत्वको नमूना जिल्ला बनेको छ ।

मकवानपुर जिल्लामा कार्यपालिका, न्यायपालिका र प्रशासनिक तहमा महिला नै प्रमुख भूमिकामा छन् । मकवानपुरमा स्थानीय सरकारदेखि जिल्ला प्रशासन सम्म महिलाले सम्हालिरहेका छन् ।

उच्च अदालत हेटौंडा इजलासमा सबै न्यायाधीशहरू महिला हुनुहुन्छ। मकवानपुर जिल्ला अदालतमा कार्यरत चारै जनान्यायाधीश पनि महिला हुनुहुन्छ । श्रेष्तेदार र तहसिलदारको जिम्मेवारीमा पनि महिला ने रहनुभएको छ । न्यायिकक्षेत्रमा महिलाको नेतृत्व परणाममूखि पनि देखिएको छ । जिल्ला अदालत मकवानपुरमा गतआर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फस्र्योट भयो । कुल ६० जना कर्मचारी रहेको जिल्ला अदालतमा २६ जना महिला रहेका छन् ।

यस्तै प्रदेशको राजधानी रहेको बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पनि महिलाको हातमा छ । नगर प्रमुख मिनाकुकारी लामाले नेतृत्व सम्हालेपछि हेटौंडामा महिलामैत्री योजनाहरूमा तीव्रता आएको छ।

महिला उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गरिएका छन्। साना तथा मझौला व्यवसायमा संलग्न महिलाहरूका लागि तालिम, सहुलियतपूर्ण ऋण कार्यक्रमले महिलाको आत्मनिर्भरतामा टेवा पु¥याएको छ।

मकवानपुरको प्रमुख जिल्ला अधिकारी पनि महिला हुनुहुन्छ । गत फागुन महिनादेखि स्किम श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालिरहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*