प्रभावकारी ढङ्गले काम गर्न नसकेको ठहरसहित लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ताः बानियाँ
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामामाथि अविश्वास पैदा भएकाले अविश्वासको प्रस्ताव दर्ता गरेको बताउनु भएको छ ।
शुक्रबार प्रदेश संसदीय दलको कार्यालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि संचारकर्मीहरुसंग कुरा गर्दै बानियाँले यस्तो बताउनु भएको हो । प्रजातन्त्रको मेरुदण्डको रूपमा रहेको नेपाली कांग्रेसले विश्वासका आधारमा बहादुरसिंह लामालाई दलको नेता बनाएको भन्दै सभापति बानियाँले नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांश साथीहरूको ठहर रहेकाले अविश्वास पैदा भएको बताउनुभयो ।
लामाविरुद्ध शुक्रबार बानियाँसहित २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।






