बागमतीका मुख्यमन्त्री लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
लामाविरुद्ध नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँसहित २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
शुक्रबार संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई २१ सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव बुझाएका हुन् ।
लामाविरुद्ध संसदीय दलमा २४ जना रहेको बताइएपनि ३ जना भने हस्ताक्षरका लागि उपस्थित भएका थिएनन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा
लामालाई हटाउन १९ सांसद चाहिनेमा २१ जनाको हस्ताक्षर जुटेको हो। बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसद छन् ।
यसैबीच, नेपाली कांग्रेका चार जना मन्त्रीले शुक्रबार नै राजीनामा दिएका थिए । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ छन् ।






